Websoft University

सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोग संग सम्झौता गर्ने पहिलो नगर सुन्दरहरैंचा!


बिराटनगर । रातो तारा डट कम,  सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख शिव प्रसाद ढकालले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेका छन। सुकुम्बासी समस्या समाधानका निम्ति राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौला र सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकालले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।


सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। आज काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएका छन।

समझौता पत्रमा बिघटित भुमी समबन्धी समस्या समाधान गर्न आयोग यस भन्दा अगाडि भएको समझौता बमोजिम शनिबार भएको सहमतिपत्र बमोजिम मानिने उल्लेख छ। यसका लागि दुबै पक्षले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई बितरण र अव्यवस्थित बसोबासको ब्यबस्थापन गर्ने र जग्गाको पहिचान र छनौट गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.