Websoft University

काँग्रेस निर्वाचन समितिको सुचना अनुसार उम्मेदवारको अन्तिम नामावली पनि आजै १२ सम्ममा प्रकाशन हुने

काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजे  समय तोकेको छ । 

काँग्रेस निर्वाचन समितिको सुचना अनुसार उम्मेदवारको अन्तिम नामावली पनि आजै १२ सम्ममा प्रकाशन कार्यक्रम रहेको छ । समितिले हिजो राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको थियो । प्रकासित नामावली अनुसार एक सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारले आफनो नाम दर्ता गराएका थिए ।  

सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ भने चार जना प्यानललसहित चुनावी मैदानमा रहेका छन् । सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको छ र २७ गते बिहान ८ बजे देखि मतदान हुने समितिले सुचनामा जनाएको छ । 

राष्ट्रियसभा गृह, नेपाल पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने छ  । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको निर्वाचन समितिले जनाएको छ । 

काँग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था रहेको समतिले जानकारी गराएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.