Websoft University

थ्री स्टार क्लब र एपीएफ क्लबबीच आज प्रतिस्पधा हुने

काठमाण्डौ मंसिर २६ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको छ । थ्री स्टार र एपीएफबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । थ्री स्टार आजको खेलबाट दोस्रो जितको खोजीमा हुनेछ । 

थ्री स्टार ३ खेलमा ४ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको  बराबरीमा रोकिएको थियो । यता, एपीएफ भने पहिलो जितको खोजीमा हुनेछ । 

एपीएफले ३ खेल खेल्दा अङ्क जोड्न सकेको छैन । एपीएफ पुछारमा रहेको छ । तर, एपीएफ थ्री स्टारलाई हराएर पहिलो अङ्क जोड्न चाहन्छ । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ दोस्रो खेलमा च्यासल युथसँग १–० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.