Websoft University

सहकारी संस्थालाई नगरको दश लाख सहयोग

 

मोहन कुमार राई÷ मंसिर २६ गते। रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई  चैनपुर नगरपालिकाद्धारा  १० लाख दिने घोषणा भएको छ । 

शनिबार सहकारी संस्थाको दशौं वार्षिक साधारण सभाका प्रमुख अतिथि एवं चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले यसै आर्थिक वर्षमा बन्न लागेको सहकारीको आफ्नै भवन निर्माणको लागि १० लाख नगरको बजेटबाट सहयोग  गर्ने घोषणा गर्नुभएको हो । संस्थाले घडेरी खरिद गरी घडेरी सम्याइसकेको छ । 

“आर्थिक समृद्धिका लागि नमूना वित्तिय संस्था आत्मनिर्भर सदस्य हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ सम्पन्न दशौं वार्षिक साधारण सभामा संस्थाको कुल सम्पत्ति तथा दायीत्व १५ करोड, २२ लाख, १४ हजार १ सय ५८ रुपैया र १२ पैसा रहेको लेखा समिति संयोजक भीम बहादुर कार्कीले वताउनुभयो । संस्थाले ३८ लाख ९२ हजार २ सय ५६ रुपैया  नाफा कमाउन सफल रहेको समेत लेखा समिति संयोजक कार्कीले वताउनुभयो । 

संस्थाको १० औं वार्षिक साधरण सभाको अवसरमा ५३ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । ७१ वर्ष देखि ८० वर्ष सम्मका ४३ जना जेष्ठ शेयर सदस्यलाई जनही १ हजार २ सयको दरले, ७ जना ८१ वर्षदेखि ९० वर्ष सम्मका जेष्ठ शेयर सदस्यहरुलाई १ हजार ५ सयको दरले र ९० वर्ष माथिका १ जनालाई १जना सदस्यलाई १ हजार ८ सय सम्मान स्वरुप प्रदान गरिएको थियो । 

यसैगरी उत्कृष्ठ शेयर खरिदकर्ता २ जनालाई रु.७ सयका दरले, ७ जना उत्कृष्ठ बचतकर्तालाई रु ५ सयका दरले, असल व्यवसायी २ जनालाई रु ७ सयका दरले, फरक क्षमता भएका ७ जनालई रु १ हजारका दरले , नगर स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ बाट उत्कृष्ठ ३ छात्र र ३ छात्रालाई जनही रु १ हजार ५ सयका दरले शेयर सदस्हरुका छोराछोरीहरुलाई समेत संमानित गरिएको संस्थाका व्यवस्थापक ओमनाथ गिरीले वताउनुभयो । ९ औं वार्षिक साधारण सभामा भएका निर्णय कार्यन्वयन तथा वार्षिक प्रतिवेदन एवं आगामी कार्ययोजना समेत व्यवस्थापक गिरीले पेश गर्नुभएको थियो । 

कोभिड महामारीको समयमा संस्थाले ८० हजार ६ सय ५५ रकम बराबरको चैनपुर प्राथमिक स्वास्थ्यकेन्द्रलाई अक्सिजन ग्यास सिलिण्डर प्रदान गरेको थियो । कोभिड १९ बाट संस्थाका १० जना शेयर सदस्यहरुको मृत्यु भैसकेको छ  । हाल १ हजार २ सय ९१ जना महिला र १ हजार ७ पुरुष शेयर सदस्य गरी जम्मा २ हजार २ सय ९८ जना शेयर सदस्यहरु रहेको जनाएको छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव छत्रमणि पन्त, भरत एण्ड कंपनीका अडिटर भरतकुमार ताम्राकार, गुरागाइ एण्ड कम्पनीका अडिटर शेसु प्रसाद गुरागाँई, सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कार्यक्रम सञ्चालक सीता शर्माले वताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.