Websoft University

माईजोगमाई अध्यक्ष कप स् मानेभञ्ज्याङलाई उपाधि

रोशन काफ्ले- झापा, २०७८ मंसिर २५ गते । रातो तारा डट कम, नयाँबजार ९इलाम० । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको  मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प्राप्त गरेको छ । उपविजेता सुखानीले नगद १ लाख रुपैया प्राप्त गरेको छ ।


खेलको पहिलो हाफमा २ गोल गरेको मानेभज्याङले दोस्रो हाफमा समेत २ गोल थप्यो । खेलको दोस्रो हाफको मध्यतिर सुराग क्षेत्री रातो कार्ड पाउदै मैदान बाहिरिएपनि सुखानीको पोष्टमा मानेभञ्ज्याङले २ गोल थप्न सफल रह्यो ।


प्रतियोगिताको सर्वाधिक गोल कर्ता सुराग घोषित भए । खेलको बेष्ट गोलकिपर आयोजक माईजोगमाई रातोका सुजन फागो घोषित भए । बेष्ट डिफेन्स सुखानीका सेरेहाङ लिम्बू घोषित भए । बेष्ट फरवार्ड मानेभज्याङका सन्दिप लिम्बू र बेष्टमिड फिल्डर बिबेक राई घोषित भए । उर्निहरुले नगद पुरस्कार सगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रमुख अतिथि  र बिशेष अतिथिले पुरस्कार बितरण गरेका थिए ।

फाइनल अघि भएको मैत्रीपुर्ण खेलमा सूर्योदय नगरपालिकाको कान्दुक फुटसल टिम र अमरकल्याण मावि बिजयी भए । यु–१४ अन्र्तगत अमरकल्याणले टाइब्रेकरमा शुभकन्या इङलिस स्कुल र भेट्रान अन्र्तगत कान्दुकले माईजोगमाई भेट्रानलाई पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो ।

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र माईजोगमाई   खेलकुद परिषदको आयोजनामा संचालित प्रतियोगितामा नेपालका ७ सहित  ८ टोलिको सहभागिता रहेको थियो । कार्यक्रममा खेलकुद परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता र प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

कार्यक्रममा माईजोगमाई गाउँपालिकाको अध्यक्ष जित बहादुर राई र सुर्योदय नगर प्रमुख रन बहादुर राईको बिशेष आतिथ्यता रहेको थियो । प्रतियोगिता गत मंसिर २१ गतेबाट सुरु भएको हो ।  प्रमुख अतिथि बिशेष अतिथि र वडा नं ६ का वडाध्यक्ष भवानी प्रसाद लिङ्दमले शुभकामना मन्तब्य राखेको कार्यक्रममा खेलकुद परिषदका सदस्य सचिब प्रविन राईले स्वागत मन्तब्य र संचालन मुकुन्द पौडेलले गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.