Websoft University

प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा महिला १२ र पुरुष १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.