Websoft University

लागुऔषध मुद्धामा अदालतबाट कैद जरिवानाको फैसला भै चार बर्ष देखि फरार एक युवक पक्राउ


श्याम राई÷उदयपुर  गाईघाट, २९ मंसिर। रातो तारा डट कम, लागुऔषध मुद्धामा अदालतबाट कैद जरिवानाको फैसला भै चार बर्ष देखि फरार एक युवक पक्राउ परेका छन् ।

प्रहरीले सिराहा– मिर्चैया नगरपालीका वडा नं ६ का ३२ बर्षिय रोशन भनिने सरोज पन्जियारलाई सोमबार दिउँसो मिर्चैया नगरपालीका ६ कटारी बाट पक्राउ गरेको हो ।

पन्जियार विरुद्ध लागूऔषध कारोवारमा जिल्ला अदालत उदयपुर बाट दुई बर्ष कैद र एक लाख जरिवानाको फैसला २०७४ साल जेष्ठ ३० गते भएको थियो ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपि वेद प्रसाद गौतमले प्रहरीको विशेष टोली खटाएर पन्जियारलाई पक्राउ गरिएको बताए । पक्राउ गरिएका उनलाई कैद भुक्तानको लागी अदालतमा पठाईएको डिएसपी गौतमले बताए ।





                                              










Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.