Websoft University

रौतहट, फतुवा बिजयपुर नगरपालिकामा भ्रष्टचार भएको भन्दै आन्दोलन

 

काठमाडौ  मंसिर २१ गते । रातो तारा डट कम,रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचारको बारेमा सोधपुछ गर्दा माओवादी पार्टीका नेता सुरेन्द्र यादवलाई प्रहरीले विना कारण ४ घन्टा थुनामा राखेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । सोमवार नगरपालिकाको कार्यालय अगाडि मेयर गोपाल यादव र फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादवको विरुद्धमा नाराबाजी भएको छ ।


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज पुनम यादवले नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवले राजिनामा दिनु पर्ने माग गरेकी छन् । मेयर यादवले नगरपालिकामा आफ्ना नाता पर्नेलाई मात्र भर्ना गरेको र विभिन्न शिर्षकमा भ्रष्टाचार गरेकाले एक मिनेट पनि मेयरको कुर्सीमा बस्ने अधिकार नभएको नेतृ यादवले बताइन् । यो आन्दोलन ट्रेलर मात्र रहेको उनको भनाई छ ।


नगर शिक्षा संयोजक हरेन्द्र यादवसँग शिक्षा सम्बन्धि विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाँको बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादवलाई बिना कारण थुनेर बेइजती गरेको माओवादी पार्टीका नेता सुरेन्द्र यादवले बताएका छन् ।

हरेन्द्र यादव र गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि वितरण हुने सेनेटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं रुपैयाँ अनियमितता गरेकोबारे आफूले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादव बताउँछन् । फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचारबारे आफूले आवाज उठाउँदा एकजना पुर्व सांसदले गृहमन्त्रीमार्फत् प्रहरीमाथि दबाब दिएको र मेयर गोपाल यादवले इन्स्पेक्टर बिष्णु बिश्वकर्मालाई मोटो रकम दिएर आफूलाई थुनेको यादवको आरोप छ ।

शिक्षाको नाममा आउने लाखौं रकममा एकजना पुर्व सांसद, मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने मागसहित सोमवारबाट नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आन्दोलन सुरु गरेको यादवले बताएका छन् ।

शिक्षा संयोजक हरेन्द्र यादवले गत वर्ष विद्यार्थीलाई भर्चुअल शिक्षा दिने नाममा नगरपालिकाबाट पेस्की लिएको २९ लाख रुपैयाँको हालसम्म फर्छौट गर्न नसकेको र बालिकाहरुलाई सेनेटरी प्याड वितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैयाँ निकासा भए पनि हालसम्म कुनै बालिकालाई सेनिटरी प्याड वितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने यादवको माग छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.