Websoft University

दुर्घटनामा ५ जनाको मृत्यु र धेरै घाइते घाइतेको उपचार हुदै,


 काठमाण्डौ मंसिर २१ गते । रातो तारा डट कम, बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी थप ५ जना घाइते भएका छन् । हिजो साँझ भएको जीप दुर्घटनामा परी पाटन नगरपालिकाका १ का ४० वर्षका जानकी भट्टराई, पाटन ७ का २० वर्षका मनिषा विक, सुर्नया ४ का २४ वर्षका प्रेम चुनारा, पाटन नगरपालिका १ कै १३ वर्षका विनोद भट्टराई र सोही ठाउँका ७२ वर्षका रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । मृतक प्रेम चुनारा र मनिषा विक श्रीमान श्रीमति रहेको खुलेको छ । दुर्घटनामा परेर घाइते भएका ३८ वर्षका विष्णु भट्टराई, १० वर्षका दिपक भट्टराई र ४० वर्षका गोविन्दी विकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेमध्ये ६६ वर्षका मानध्वज भट्टारई र २८ ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको प्रमुख प्रहरी निरीक्षक शाहीले बताउनुभयो । अनलाइनबाट






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.