Websoft University

लायन्स क्लब अन्तर्राष्ट्रियको क्याविनेट मिटिङ सम्पन्न

 


विराटनगर । रातो तारा डट कम, लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए वानको दोस्रो क्याविनेट मिटिङ मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । 


लायन्स क्लव ३२५ ए वान डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौलालगायतका लायन्सका उच्चपदस्थ व्यक्तिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लायन्स निस्वार्थभावले विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै लयान्ससँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । 

यस्तै सामााजिक विकासमन्त्री जयराम यादवले आफू पनि लायन्ससँग जोडिएको व्यक्ति भएकाले समाजसेवाको क्षेत्रमा लायन्ससँग हातमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र उपमेयर धनमाया तामाङले लायन्सका हरेक गतिविधिमा नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहने भन्दै विभिन्न विपत्को सायमा लायन्सले खेलेको भूमिकाको प्रशंसा गरे । उद्घाटन सत्रपछि सञ्चालन भएको डिस्ट्रिकको क्याविनेट मिटिङले विभिन्नि सामाजिक कामका योजना अघि बढाउने निर्णय गरेको छ । 

विराटनगरस्थित मानव सेवा आश्रमको भवन, दमकस्थित आम्दा अस्पतालमा आकस्मिक भवन, विराटनगरमा बहिरा स्कुलमा भवन लगायतका १५ वटा विकासका योजना अघि बढाउने निर्णय भएको विराटनगर एरिया चिफ चन्द्रमणि गुरागाईंले जानकारी दिए । मिटिङमा लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकमा पर्ने विभिन्न क्लवहरुबाट १४ सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा जोन चेयर पर्सन मनिता दंगालले जानकारी दिइन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.