मोरङ। रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा स्थित वडा नं ४ मा रहेको पंकज आयल ट्रेडर्सको छेउमा रहेकाे बाला जल उद्योगमा आगलागी भएको छ। बेलुका सोमबार अन्दाजी ४:३० बजेको समयमा बिधुत सर्ट भइ आगलागी हुँदा उद्योगमा रहेको कच्चा पदार्थ, मेसिन, मटर इनभटर जलेर नष्ट भएको उद्योगका कर्मचारी इन्द्र गर्तौलाले बताएका छन्। अन्दाजी २ करोड भन्दा बढीको क्षति भएको उनले दाबि गरेका छन्।
सुन्दरहरैंचा नगरपालिका, दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, कानेपोखरी गाउँपालिकाका, बेलबारी नगरपालिका बरुण यन्त्र , प्रहरी चौकी गछिया,बलिया, इलाका प्रहरी कार्यालय बेलबारी, शसस्त्र प्रहरी,जनप्रतिनिधि साथै स्थानीयको सहयोगमा २ घण्टामा आगो नियन्त्रणमा लिएको थियो । आगलागी भएको ठाउँ नजिकै पेट्रोल पम्प काठको फर्निचर उधोग समेत रहेको थियो।
स्थानिय जनप्रतिनिधि रबिन दाहालका अनुसार समयमै बारुण यन्त्र पुगेपछि उधोग बाहेक अन्य थप क्षति हुन बाट जोगिएको बताए।
सो जल उधोग पंकज आयलका संचालक श्याम सुन्दर दलानको रहेको जनाएको छ। आगलागीबाट मानवीय क्षति नभएको जनाएको छ ।
Post a Comment