Websoft University

नेपालले आज श्रीलंकासँग फुटवल खेलमा भिड्ने


काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम, साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । बंगलादेशको ढाकामा हुने यो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । 

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको थियो । नेपाल १ खेलमा १ अङ्क जोडेर तालिकाको चौंथो स्थानमा छ । अहिलेसम्म दुई खेल खेलेको श्रीलङ्का भने अङ्क बिहिन छ । 

श्रीलङ्का पहिलो खेलमा भुटान र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानसँग डिसेम्बर १७ अर्थात पर्सि शुक्रबार र अन्तिम खेल भारतसँगै डिसेम्बर १९ अर्थात आउँदो आइतबार खेल्नेछ । 

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल डिसेम्बर २१ अर्थात आउँदो मङ्गलवार हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.