Websoft University

सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित


काठमाण्डौ मंसिर २९ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ । समितिले दिएको जानकारी अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभएको भनिए पनि मत सार्वजानीक भएको छैन । 

यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नु भएकोछ र ३३ मत बदर भएको जनाइएको छ । पहिलो पटक सभापतिका उम्मेद्वार ५ जनाले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदान गर्नु परेको थियो । 

दोस्रो मतदानमा ४ हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ । सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको समितिको भनाईरहेको छ । आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।  


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.