Websoft University

श्री रघुपति जुट मिल्स लि. को. हिरक जयन्तिको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न


बिराटनगर पुस १। रातो तारा डट कम,  श्री रघुपति जुट मिल्स लि. आफ्नो स्थापनाको ७५ वर्ष पुरा गरेको उपलक्ष्यमा मिल्सले विभीन्न कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा मिल्सका संस्थापक स्व. रामलाल गोल्छाको जन्मदिनको अवसरपारी आज २०७८ पौष १ गतेका दिन मिल्स हातामा रक्तदान कार्यक्रम आयोजना गरियो । सो अवसरमा मिल्सका कामदार÷कर्मचारीहरु गरि जम्मा ७६ जनाले रक्तदान गर्नु भएको ।

यसै गरी प्रदेश १ का सामाजिक विकास मन्त्री माननीय जयराम यादवले उद्योगको निरिक्षण गर्नुका साथै उद्योग परिसरमा बृक्षारोपण गर्दे जुटवाली र जुट उद्योग यस प्रदेशको विशिष्ट पहिचान समेत रहेकोले जुटवाली विकास र उद्योगको सञ्चालनमा यथासक्य सहयोग पु¥याउन प्रदेश सरकार सधै तत्पर रहने छ भन्दै उद्योगको उत्तरोत्तर प्रगतीको कामना समेत गर्नु भयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष श्री समिम कमर, उद्योगका संचालक श्री राज कुमार गोल्छा, कार्यकारी संचालक श्री अश्विनी गोल्छा, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार अग्रवाल, प्रवन्धक श्री श्याम कुमार आचार्य एवं उद्योगका कामदार÷कर्मचारीका साथै ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता रहयो ।

अन्तमा, रक्तदान गर्ने सबैलाई सञ्चालक गोल्छाले हार्दिक धन्यवाद दिनु भयो । श्याम कुमार आचार्य



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.