Websoft University

नगर प्रमुख द्धारिकलाल चौधरीले घोइन्दा खोलापुलको शिलान्यास गर्नु भयो


सुनसरी पुस १ गते। रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाको गाँउ क्षेत्रमा पर्ने वडा नम्वर १६ को घोइन्दा खोलापुलको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले पूलको शिलान्यास गर्नुभयो । उहाँले पूलको अभावमा कष्टकर जीवन विताईरहेका सो क्षेत्रका वासिन्दाका लागि यो पूल निर्माण हुनु खुशीको कुरा रहेकोमा जोड दिनुभयो । वर्षौ देखि सुनसरी मोरग सिचाँई आयोजनाले पूल वनाउला भन्ने स्थानीयले अपेक्षा गरेपनि नवनाएपछि आवश्यकताको आधारमा उपमहानगरपालिकाले पूल निर्माण गर्न लागेको उहाँले वताउनुभयो ।

वडा नम्वर १६ का वडासदस्य तेज नारायण चौधरीले समयमै र गुणस्तरीय काम हुनुपर्ने वताउनुभयो । जल उपभोक्ता संस्थाका भगिरथ चौधरी र स्थानीय सत्यनारायण चौधरीले पूल टिकाई हुनुपर्ने वताउनुभयो । सो पूल ९३ लाख ७९ हजार ७ सय ४२ रुपियाँको लागतमा निर्माण हुने उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवटले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रम वडा नम्वर १६ का अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.