Websoft University

प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

 


विराटनगर, २४ मंसिर । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.