Websoft University

इटहरीमा अत्याधुनिक वहुजातीय संग्राहलय वन्ने


सुनसरी मंसिर २४ गते । रातो तारा डट कम,  इटहरीमा अत्याधुनिक वहुजातीय संग्राहलय वन्ने भएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गर्ने संग्राहलयको इटहरी वडा नम्वर १०माप्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले इटहरी उपमहानगरमा यो अत्यन्तै राम्रो कार्य हुन लागेको वताउनुभयो । संग्राहलयका कारण यो क्षेत्रमा अरु विकास तानिएर आउने उहाँको भनाई छ ।

लोकसँस्कृतिको जर्गेना गर्ने यो कार्यले भविश्यमा धेरै लाभ हुने उहाँको विश्वास  छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले संग्राहलय तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि इटहरीको गौरवको योजना भएको वताउनुभयो । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउने उदेश्यले वडा नम्वर १०मा संग्राहलय निर्माण गर्न लागिएको प्रमुख चौधरीले वताउनुभयो । निक्कै राम्रो र ब्यवस्थित डिजाइन गरेर काम थालिएको उहाँको भनाई छ । इटहरी वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले यो संग्राहलय इटहरीवासीका लागि गौरवगर्न लायक वन्ने विश्वास ब्यक्त गर्नुभयो । उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले संग्राहलयमा विभिन्न जातजाती,धर्मसस्कृतिका समाग्रीहरु संग्रह गरिने वताउनुभयो । उहाँका अनुसार दुई विगाह क्षेत्रफलमा तीन तले भवन निर्माण हुने छ ।त्यहाँ २५ वटा प्रदर्षनी कक्ष हुने छन । एउटा ब्यवस्थित पुस्तकालय,मल्टिप्रपोज मिटिङ्गहल,पार्किङ्ग,फाउण्डेसन,थारु ग्राम लगायत निर्माण गरिने छ । १७ करोड १५ लाख,७ हजार ६सय ७८ रुपियाँको लागतमा संग्राहलय वन्ने छ । चालु आवमा १० करोड वजेट विनियोजन भएकाले यो बर्ष करिव ६० प्रतिशत काम सक्ने योजना छ । शिलान्यास कार्यक्रममा वडासदस्य रामनारायण चोैधरीले स्वागतमन्तब्य ब्यक्तगर्नुभयो । कार्यक्रम  वडानम्वर १०का कार्यवाहक वडाध्यक्ष विषनलाल चौधरीको अध्यक्षतामा भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.