Websoft University

मानव अधिकार शुक्ष्म विषय ः सामाजिक विकास मन्त्री यादव

 


विराटनगर, २४ मंसिर । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताउनुभयो ।


७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा आज विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले मानव अधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताउनुभयो । मानव अधिकारको क्षेत्रमा लाग्नु भएका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले बताउनुभयो । उहाँले प्रदेश १ लाई मानव अधिकार मैत्री बनाउन चाहेको बताउनुभयो । मन्त्री यादवले भन्नुभयो,‘ कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमा मलाई सल्लाह दिनुस् ।’ 

सामाजिक विकास मन्त्री यादवले मधेश आन्दोलनमा मानव अधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनको समयमा आफु सँधै मानव अधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरणगर्नुभयो । कार्यक्रममा मन्त्री यादवले लामो समय देखि मानव अधिकारको क्षेत्रमा लाग्नु भएका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मानित गर्नु भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.