Websoft University

फोजिन झापाको अध्यक्षमा खम्बूको तयारी

 


झापा, मंसीर २४ गते । रातो तारा डट कम,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् ।
मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् ।
लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप चलायमान  बनाउदै लैजाने बताएका छन् । फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भएलगत्तै भवन निर्माणका लागि जमिन व्यस्थापन गर्ने सहितका महत्वपूर्ण सातवटा कार्ययोजना अघि सारेका छन् ।
फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कष्ट पुरस्कार र उदयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको रकम बृद्धि  गर्दै दुवै पुरस्कारलाई थप व्यवस्थित बनाउने कार्ययोजना अघि सारेका छन् ।
फोनिजमा आवद्ध पत्रकार सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने उनको अर्काे महत्वपूर्ण कार्ययोजना गहेको छ । यो संगै  सदस्यहरुको क्षमता अभिवृद्धका लागि विषयगत तालिम सञ्चालन गर्दै लाने र खोजमुलक समाचार लेखनमा प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।  
पत्रकार जन्य संघ संगठनहरुसंग सहकार्य गर्दै फोनिजका हरेक गतिविधिलाई चलायमान बनाउने र सदस्यत विस्तारलाई समेत अघि बढाउने उनको घोषणा पत्रमा उल्लेख छ ।
फोनिजमा आवद्ध पत्रकार सदस्यहरुलाई ठूला तथा राष्ट्रिय स्तरका सञ्चार गृहमा आवद्ध गरउन पहल गर्ने र उनीहरुको नेतृत्व विकासका लागि सबैखाले भूमिका निर्वाह गर्ने योजना अघि सारेका छन् ।

को हुन् खम्बू
२०६५ सालबाट पत्रकारिता शुरु गरेका अमित कुमार साम्पाङ राई झापाका जुझारु युवा पत्रकारका रुपमा स्थापित छन् । तत्कालीन समयमा बिर्तामोडबाट प्रकाशित हुने यलम्वर साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका खम्बू हाल पूर्वाञ्चल दैनिकमा आवद्ध छन् । २०६८ सालबाट पूर्वाञ्चलमा आवद्ध हुँदै निरन्तर खोज मुलक तथा समहामहिक विषयमा लेख्न रुचाउँछन् ।
२०४३ साल फागुन २८ गते आमा निर्मलादेवी र वुवा रामकुमार साम्पाङ राईको जेष्ठ पुत्र रत्नका रुपमा जन्मिएका उनले स्नातक सम्मको अध्ययन पूरा गरेका छन् ।
 सानै उमेरदेखि सञ्चार क्षेत्रमा रुची राख्ने खम्बू मिलनसार र सहयोगी पत्रकारका रुपमा झापाली पत्रकार माझ परिचित छन् । पत्रकारिताकै क्रममा उनले राष्ट्रिय समाचार समितिमा समेत काम गरिसकेका छन् ।
आदिवासी जनजातिहरुको पत्रकार जन्य संगठन फोनिजमा २०६६ सालबाट आवद्ध भएका खम्बू २०७० सालमा सहसचिव र २०७४ सालबाट सचिवको जिम्वेवारी बहन गरिररहेका छन् । २०७० सालमा नेपाल पत्रकार महासंघको सदस्य बनेका खम्बू किरात राई पत्रकार संघ झापाको अध्यक्ष समेत बनिसकेका छन् । हाल अर्जुनधारा प्रेस क्लवको कोषाध्यक्ष तथा अर्जुनधारा नगर सूचना तथा सञ्चार समितिको सदस्य समेत भएर काम गरिरहेका छन् भने नेपाल पत्रकार महासंघ झापाको कार्य समिति सदस्य भएर काम गरेको समेत उनमा अनुभव छ ।  
पत्रकारिताकै क्रममा उनले वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७१ र भीम वावु– राधा कृष्ण पत्रकारिता पुरस्कार सन् २०१५ बाट पुरस्कृत भइसकेका छन् । यो संगै उनले किरात राई यायोख्या अर्जुनधारा नगरकार्य समिति , बिर्तामोड नगरकार्य समिति,   शान्ति सामुदायिक वन, स्वस्तिका शिशू सदन, प्रज्वला अपाङ्ग तथा महिला  वहुउद्देश्यीय सहकारी संस्था, वर्देश्वर सशवालय मन्दिर, महारानीगञ्ज माध्यमिक विद्यालय लगायतका संघ संस्थाबाट पत्रकार खम्बू पुरस्कृत तथा सम्मानित भएका छन् ।
 पत्रकारिताको लामो अनुभव तथा विभिन्न पत्रकार जन्य संगठनमा महत्न्वपूर्ण जिम्वेवारी सम्हालेका उनले समाज सुधारका लागि कलम चलाउँदैआएका छन् ।
स्थानीय स्तरमा सामाजिक एवम् धार्मिक कार्यको विकासका लागि कलम चलाउने उनी अर्जुनधारा ७ मा रहेको डाग्रे वावा सेती देवी पाथीभरा माताको धामको संरक्षण सम्वद्धनमा समेत अहम भूमिका निर्वाह गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.