Websoft University

राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

 


सुरेन्द्र भण्डारी - झापा, कात्तिक १६ । . स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको  तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् ।


मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.ले  ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो ।


बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

प्रतियोगिता अन्तरगत फष्ट रनरअप जस्मिन कोइराला र सेकेण्ड रनरअप एकता भट्टराई भएका छन् । त्यस्तै ‘भिवर्स चोइज्ज ’को अवार्ड मिनाल खण्डेलवाल र मस्ट ट्यालेन्टको अवार्ड रिदिमा अग्रवालले हात पारेका छन् । फाइनल प्रतियोगितामा प्रदेश भरिका १२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

युवामा रहेको अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर्स  इन्टर टेनमेन्ट प्रालिले गत दुई वर्षदेखि प्रदेश स्तरीय प्रातियोगिताको आयोजना गर्दै आएको प्रालिका अध्यक्ष  राजवंशीले जानकारी दिए ।

१५ देखि २२ वर्ष उमेर समूहका प्रदेश १ भरिका ३० जनाले यो प्रतियोगितामा भाग लिएका थिए । जसमध्ये फाइनल राउण्डमा १२ जना पुगेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.