Websoft University

नमुना सामुदायिक वन उपभोक्ता समूहको १९औं बार्षिक साधारण सभा सम्पन्न!

 


शिव भट्टराई,मोरङ। नमुना सामुदायिक वन उपभोक्ता समूहको १९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा वार्ड नं ५ स्थित सामुदायिक बन कार्यालयमा सोमबार भएको कार्यक्रममा वार्ड नं ५ का वडाध्यक्ष राम प्रसाद रिजालको प्रमुख अतिथ्यता र समुहका अध्यक्ष घनश्याम न्यौपानेको सभापतित्व रहेको थियो।


सो अवसरमा प्रमुख अतिथि रिजालले वनजंगल संरक्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो।वनको विनासले खडेरी जस्ता समस्या निम्ताउन सक्छ, त्यस करण वन संरक्षण अति अवाश्यक रहेको उहाँले बताउनु भयो।
कार्यक्रममा विशिष्ठ अतिथि सव डिभिजन कार्यलय प्रमुख अमृत विलास पन्त साथै अन्य उपस्थित अतिथिहरुले वन जंगल मानविय जिवन मात्र नभई जगत कै अभिन्न अंग भएकोले वन जंगल संरक्षणका काम गर्नु पर्ने बताउँदै यस समूहको प्रगतीको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा समुहका अध्यक्षद्वारा आर्थिक बर्ष ०७७/०७८ को प्रगती प्रतिवेदन, समुहका कोषाध्यक्ष कविराज राईद्वारा प्रस्तावित प्रतिवेदन प्रस्तुत गरिएको थियो।
त्यसैगरी समूहकी सचिव कृष्ण कुमारी बिश्वकर्माद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.