Websoft University

प्रदेश १ मा ८० जना कोरोना संक्रमण

 


विराटनगर, १६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । 

झापाको अर्जुनधारा, विर्तामोड र दमकमा ६–६, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २–२, मेचीनगर, हल्दिबारी र बाहृदशीमा १–१, मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६, संखुवासभाको चैनपुर, इलामको इलाम नगरपालिका, तेहृथुमको म्याङलुङ र ओखलढुङ्गाको सिद्धिचरणमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३५ महिला र ३३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.