Websoft University

सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन मन्त्रीसंग अन्तरक्रिया


काठमाडौ । नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुसंग अन्तरक्रिया गरेको छ । 

पछिल्लो समय संघ, प्रदेश एंव स्थानीय सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माण गर्नथालेपछि त्यसप्रति असहमति राख्दै महासंघले विरोध गर्दै आएको छ । 

महासंघमा आज भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय तथा संसदिय मामिला मन्त्री बडुले प्रेस स्वतन्त्रता विना कुनैपनि संस्थाको स्थायीत्व नहुने भन्दै त्यसतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकारवालासंग छलफल गर्ने र त्यसलाई प्रेस मैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने पत्रकारलाई हार्दिक बधाइ दिनुभयो । 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसंग पनि नेपाल पत्रकार महासंघले प्रेस मैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधै असहमति रहने बताउनुभयो । 

उहाँले प्रजातान्त्रीक मुल्यमान्यताका आधारमा कानुन निर्माण हुनुपर्ने भन्दै सरोकारवालासंगको छलफल विना नै सरकारले कानुन निर्माण गरिरहेको बताउनुभयो । ‘अघिल्लो सरकारले बनाएका कानुनका मस्यौदाहरुको अध्ययन गर्न उच्चस्तरीय आयोग बनाउन पत्रकार महासंघ माग गर्दछ’ पोख्रेललेभन्नुभयो । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकाशराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले  नेजा ग्रामीण सामुदायीक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दैआएको बताउनुभयो । उहाँले भौतिक रुपमा आफुहरु अमेरिकामा भएतापनि नेपालको पत्रकारिताको  विकासका लागि योगदान दिन इच्छुक रहेको बताउनुभयो ।  

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरोकारवालाको उपस्थिति बिनानै सरकारले प्रेस सम्बन्धी कानुन बनाउन लागेको भन्दै त्यसो नर्गन सरकारलाइ आग्रह गर्नुभयो । उहाँले आमसञ्चार सम्बन्धी छाता कानुन निर्माण गर्न आवश्यक रहेको भन्दै सरोकारवालासंग छलफल गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाँउलले समाचार लेखेकै अधारामा लाखौं जरिवाना र बर्षौं जेलहाल्न सक्कनेगरी कानुनहरु निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कानुन सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेजासंग महासंघको सहकार्य सन् २०११ देखि नै रहेको भन्दै प्रसंशा गर्नुभयो । 

सोही कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशिल हुन हौसला प्रदान गरेको बाउनुभयो । कार्यक्रमको सहजता महासंघका महासचिव रोसन पुरीले गर्नुभएको थियो । 

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’बाट सम्मानित पत्रकार आचार्यलाई दुई लाख २२ हजार दुईसय २२ रुपैयाँ र प्रमाणपत्रबाट सम्मानित गरिएको छ । 







 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.