Websoft University

चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

 


मोहन कुमार राई--संखुवासभा, चैनपुर। संखुवासभा, चैनपुर नगरपालिका स्थित दिलकुमारी सभाहलमा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति संखुवासभा प्रदेश ‘ख’ द्धारा आयोजित चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 


राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन भन्ने मूल नाराका साथ वडादशैं, शुभदिपावली,नेपाल सम्बत तथा छैठ पर्वको अवसरमा क्षेत्रीय सभापति दीपेन्द्रमान शाक्यको सभापतित्वमा चियापान एवं शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमको अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला सभापति एवं पूर्व राज्य मन्त्री दीपक खड्काले नेपाली काँग्रेस पार्टीलाई सशक्त र सुदृढका लागि सबै तह र तप्काबाट खट्न अनुरोध गर्दै वडा, तह, क्षेत्र र केन्द्र सम्मकै नेता तथा कार्यकताहरु एकजुट हुँदैदत्तचित भएरलाग्न निर्देशन दिनुभयो । यसैगरी नेपाली काँग्रेस जिल्ला सचिव कुमार बाबु अधिकारीले काँग्रेसको नयाँ कार्यसमिति बनेसँगै काँग्रेसमा कामगर्ने उत्साह र जोस जाँगर थपिएको वताउनु हुँदै अन्य विभिन्न पार्टीबाट नेपाली काँग्रेमा प्रवेश गर्ने लहर चलिरहेको वताउनुभयो । जिल्ला स्तरीय माओवादी नेता वंशी खनाल, नविना राउत लगायत ४ दर्जन बढीले पार्टी प्रवेश गरेको जिल्ला सचिव अधिकारीले वताउनुभयो । 

सुभकामना मन्तव्यकै क्रकममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दीपेन्द्र वान्तावा,चन्द्रकुमार घुण्डे, महासमिति सदस्य चित्ररेखा अधिकारी, पूर्व महासमिति सदस्य ज्ञान बहादुर कार्की, दीपक लिम्बू,  जिल्ला उपसभापति अनन्त गौली लगायत वक्तहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.