Websoft University

आर्थिक रुपमा सम्पन्न बनाउन अथाह स्रोत साधन संखुवासभामा रहेको छः अर्थ मन्त्री शर्मा

 


मोहन कुमार राई ÷ संखुवासभा। संखुवासभा, अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्ने आर्थिक स्रोत–साधन संखुवासभामा रहेको बताउनुभयो । 

जिल्लाको खाादवारी नगपालिका ९ स्थित तुम्लिङटार विमानस्थल नजिकै रहेको मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो वताउनुभएको हो । जलविद्युत, वनस्पती, पर्यटन लगायत विविध स्रोत–साधनले सम्पन्न पूर्वी पहाडी जिल्लाहरु मध्ये संखुवासभामा अथाह स्रोत–साधनभएको वताउनुभयो । 

मन्त्री शर्माले  हामीसँग भएको स्रोत–साधानलाई रम्ररी परिचालन गर्न सके नेपालीहरु चाडै सक्षम बन्न सक्ने वताउनुभयो । हामी नेपालीहरु गरिब छैनौ हामीसँग अथाह स्रोत–साधान छ । यही यही जिल्लामा जलविद्युतको थुपै्र सम्भाना छ । सरकाले एक हजार मेघावाट भन्दा बढीको माथिल्लो अरुण लगायत थुप्रै जलविद्युत आयोजना निर्माण गर्न सरकारी कम्पनीहरुलाई जिम्मा दिएको छ । यसले राष्ट्र र नागरिक दुवैलाई फाइदा दिन्छ, मन्त्री शर्माले वताउनुभयो । 

जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत, परियोजना लगायत थुप्रै सम्भावना रहेकाले नेपालको व्यापार घाटा घटाउन यो जिल्लाले सघाउ प¥याउने मन्त्री शर्माले वताउनु भयो ।

 उहाँले फरक प्रसङ्मा सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराका बारेमा गठबन्धनको सरकाको बैठक बस्न बाकी रहेकाले सरकारले यस्तै गर्ने भन्ने धारणा बनाइनसकेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहनुभएका शर्मा जिल्ला स्तरका कार्याकर्तालाई प्रशिक्षण दिन संखुवासभा आउनुभएको हो । 

एक दिनको छोटो बसाइमा अर्थ मन्त्री शर्माले संखुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योग व्यवसायी लगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ । अर्थमन्त्री शर्मा बुधबार भोली काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.