Websoft University

एमालेमा नेतृत्वको बहस सुरु

काठमाण्डौ मंसिर २ गते । रातो तारा डट कम, नेकपा एमालेमा नेतृत्वको बहस सुरु भएको छ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने लगभग पक्का भएपनि पदाधिकारी तथा अन्य पदमा भने निर्वाचन हुने देखिएको छ ।

अध्यक्ष बाहेकका पदाधिकारी पदमा आकाङ्क्षी धेरै देखिएपछि निर्वाचन गरेर जाने तयारी भएको एमाले नेताहरूले बताएका छन् । यसपटकको महाधिवेशनबाट नयाँ अनुहार आउन सक्ने पनि एमाले नेताहरूले बताएका छन् । 

पार्टीमा सात सचिवको व्यवस्था भएकाले सम्भवतः यसपटक त्यही पदमा नयाँ नेता आउन सक्ने आँकलन गरिएको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरिशङ्कर चौधरी नेतृत्वमा आउन इच्छुक भएका छन् । यस्तै एमालेकै मणि थापा, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरूले पनि नेतृत्वमा आउने चाहना राखेको बुझिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.