Websoft University

आज महिला क्रिकेट टोलीले कतारसँग भिड्ने

 


काठमाण्डौ मंसिर २ गते । रातो तारा डट कम, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्दैछ । कतार भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो । 

खेल दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने ४ बजे सुरु हुनेछ । तीन खेलको सिरिज नेपालले यस अघि नै जितिसकेको छ । तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३–० ले आफ्नो पक्षमा पार्न चाहन्छ । नेपालले अस्ति मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो । 

यस्तै हिजो भएको दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.