Websoft University

तराइमा छठ पर्व मनाइदै,


काठमाण्डौ कार्तिक २३ गते । रातो तारा डट कम, छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । खरनाको दिन बिहानैदेखि निराहार ब्रत बस्ने र साँझ सख्खर भएको खिर पकाएर केरा, लड्डु, मुलासहितको प्रसाद चढाएर ब्रतालुले समेत सोही प्रसाद खाने चलन रहेको छ । 


आज दिनभर ब्रत बस्नेले सूर्य अस्ताएपछि चन्द्रदर्शन गर्छन् । हिजो छठ पर्वको पहिलो दिन नहाय खाय मनाइएको थियो । छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व समापन गरिन्छ । 

यस पर्वमा अघ्र्य दिने जलासय किनारमा आकर्षक घाट बनाउने र सरसफाइमा विशेष महत्व दिइन्छ । छठ मनाउन नदी तलाउका किनारहरूमा सजावट गरी झकिझकाउ बनाइएको छ । सन्तान सुख प्राप्ति र निर्धनताको अन्त्यका साथै आरोग्यकता लागि छठ पर्व मनाउने गरिन्छ । सुरुमा मिथिलाञ्चलमा मात्र मनाइने यो पर्व हिजोआज सबै जातजाति र धर्माबलम्बीले पनि मनाउने गरेका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.