Websoft University

प्रधानमंत्री रोजगार कार्यक्रमको बजेटमा अनियमितता

 


 श्याम राई÷उदयपुर  गाईघाट, २३ कार्तिक। प्रधानमंत्री रोजगार कार्यक्रमको बजेटमा अनियमितता भएको रहस्य बाहिर आएपछि उदयपुरको बेलका नगरपालिकाले आन्तरीक रुपमा छानविनको लागि लेखा समिति गठन गरेको छ ।

सोमबार गठीत समितिलाई १५ दिनको समय दिएर प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ । रोजगार कार्यक्रम अन्तर्गत नगरको वडा न. ४ मा जनप्रतिनिधि र कर्मचारीको मिलिमतोमा मजदुरलाई दिनुपर्ने रकममा अनियमितता भएको रहस्य खुलेपछि नगरप्रमुखले छानविन समिति गठन गरेका हुन् ।

घटना यसरी भएको रहेछ ।

प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ मा वडा कार्यालयले ३८ जनालाई दैनिक ज्यालादारीमा मजदुर भर्ना गरेको थियो । भर्ना पछि वडाले सबैको  नाममा रामपुरस्थीत कुमारी बैंकमा खाता समेत खोलेका थियो । तर अधिकांशलाई काम गर्न आउनको लागि वडा कार्यालयबाट कहिले पनि भनिएन । असारको अन्तिम तिर छिमेकी मार्फत उनीहरुलाई काम गरे वापत भन्दै केही रकम दिन खोजिएपछि भने वडामा संचालित विभिन्न योजनाको लागि भन्दै भर्ना गरिएको मजदुरलाई काम वापत ४८ हजार ५४० रुपैया सम्मको भुक्तानी गरिएको छ । तर उनीहरुको चेक आफैले राखेर कर्मचारीले १ हजारदेखि ५ हजार सम्म मात्र दिएको मजदुरहरुको भनाई छ ।

‘तर हामीले कुनै योजनामा काम गरेका थिएनौ ’ एक मजदुरले भने । गभे्र सडक हुदै दमहि कल्भर्ट निर्माण योजनामा १० जना मजदुर खटेको देखिन्छ । ईन्द्र वहादुर बस्नेतले कल्भर्ट निर्माण २० दिन काम गरेर १० हजार २ सय ३७ रुपैया लिएको नगरपालिकाको रेकर्डमा उल्लेख छ । तर वास्तवमा बस्नेतले कल्भर्ट निर्माणमा कामै गरेका थिएनन् । काम गर्ने बेलामा उनको हात भाचिएकोले उनले कामै गर्न पाएनन् । ‘ मेरो हात भाचिएकोले मैले कामै गर्न पाईन । मलाई चेकमा हस्ताक्षर गराएर एक हजार दिईयो । ’ उनले भने ।

कर्मचारी र जनप्रतिनिधिको बदमासीले बेलकामा प्रधानमंत्री रोजगारी कार्यक्रममा ठूलो भष्ट्रचार गरिएको स्थानीय समाजसेवी जित वहादुर मगरले बताए ।‘ कामै नगरी किर्ते अभिलेख खडा गरेर मजदुरको नाममा लाखौ रुपैया घोटाला भएको छ । ’ उनले भने,‘ सरकारी निमायबाट तत्काल छानविनगरि दोषि कर्मचारी र जनप्रतिनिधि माथि कडा कार्यवाही गरिनु पर्छ ।’ उनले भने ।

बेलका नगरका कांग्रेस सभापति सुशिल सेढाईले मजदुरको नाममा कर्मचारी र वडा अध्यक्षले ठूलो रकम घोटला गरेको बताए ।‘ यति ठूलो वदमासी गर्दा समेत उनीहरु माथि कुनै कार्यवाही भएको छैन ।’ सढाईले भने । नगरप्रमुख नै भष्ट्रचारीलाई बचाउन लागेकोले त्यस विरुद्ध कडा रुपले प्रस्तुत हुने उनले बताए ।

नगरपालिकाकी रोजगार संयोजक विमला थापाले वडा न. ४ को लागि उक्त कार्यक्रमको लागि १९ लाख ६४ हजार ६ सय रुपैया विनियोजन भए पनि १३ लाख २० हजार ६ सय ५३ रुपैया खर्च भएको बताईन् ।

घटनाको बास्तविकता बाहिर आएको थियो ।

‘ मेरो नाम छनौट भएर खता समेत खोलियो । तर मलाई कहिल्यै काममा बोलाईएन ।’ बेलका नपा–४ को रचना कुमारी सार्किले भनिन् । असारको महिनामा छिमेक िविष्णु सार्की मार्फत मलाई ५ सय रुपैया दिईयो । तिम्रो फोटो खिच्न र खाता खोल्न आउँदा जादाको खर्च भए वापतको रकम फिर्ता दिएको भन्दै विष्णुले रकम दिएको उनले बताईन् ।

‘ रोजगारमा छनौट भएर पनि मैले काम गरेको छैन । बैंक खाता खोलिए पनि मसँग चेकबुक छैन । खातामा कति रकम छ भन्ने कुरा पनि थाहा छैन ।’ उनले भनिन् ।‘ मेरो किर्ते सहि गरेर पैसा निकालेर मलाई ५ सय मात्र दिएको पत्तालाग्यो ।’ उनले भनिन् ।

मजदुरको सबै चेक कर्मचारीले कब्जा गरेर खाली चेकमा सहि गराईएको अर्की मजदुरनन्दी कुमारी र उर्मिलातामाङ्गलेबताईन् । ‘ हामीले ५ हजार मात्र पाएका छौ । खातामा कति पैसा जम्मा भयो भन्ने बारे केही भनिएको छैन । उनीहरुले बताईन् । तर मैले काम नै गरेको छैन ।’ वडाले तयार पारेको कामको अभिलेखमा नन्दी कुमारी सहित १६ जनाले सुन्दरनगरी डाडाटोल हुदै बबला जोड्ने सडक निर्माण योजनामा ८६  दिन काम गरेको उल्लेख छ । नन्दीको खातामा करकट्टी गरेर ४४ हजार १७ रुपैया जम्मा भएको देखिएको छ । त्यसैगरि सिताराम विष्टले ४ हजार रुपैया पाएकाछन् । भने कामै नगरी कृष्ण वहादुर गिरीलाई ४० हजार रुपैया दिएर पछि १५ हजार रुपैया कर्मचारीले फिर्ता लगेको उनले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.