Websoft University

प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण


विराटनगर, २३ कात्तिक । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको  हो । 

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१, झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १–१, संखुवासभाको चैनपुर र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.