Websoft University

इथियोपियामा गृहयुद्धको प्रवल जोखिम बढ्दै,


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार, संयुक्त राष्ट्र संघले इथियोपियामा गृहयुद्धको संभावना देखिएको भन्दै चिन्ता व्यक्त गरेकोछ । राष्ट्रसंघका राजनीतिक प्रमुख रोजमेरी डिकार्लाले इथियोपियामा गृहयुद्धको प्रवल जोखिम रहेको भन्दै यसले संकट आउन सक्ने बताउनुभएको छ ।

 जातीय समुह र फरक फरक भाषा बोल्ने मानिसहरुले आ–आफ्नो पहिचानको लागि लड्न सक्ने देखिदा यसबाट अकल्पनिय क्षति हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभएको छ । ११ करोड बढि जनसङ्ख्या, ९० भन्दा बढि जातीय समुह तथा ८० भाषाहरूका कारण सुरु भएको निरन्तर झगडा र लडाइले कस्तो भविश्यमा पु¥याउछ कल्पना गर्न नसकिने उहाँले बताउनुभएको छ ।

उत्तरी इथियोपियामा मात्र ७० लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायता चाहिन सक्ने र उनीहरु अनिकाल जस्तो अवस्थामा बाचिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको अलजजिराले लेखेको समचार हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.