Websoft University

बस ठोक्किँदा दुई जनाको मृत्यु, १८ जना घाइते

 

काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,मकवानपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । गएराति साढे १२ बजेतिर  जनकपुरबाट काठमाण्डौँ आइरहेको ना ७ ख ८७६ नम्बरको बस र चितवनबाट हेटौँडा गइरहेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा ठोक्किँदा घाइते भएका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार उनीहरुको परिचय खुलेको छैन । घाइते भएका १८ जनाको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएका बसका चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक भने घाइते भएका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.