Websoft University

फागुन २७ र २८ गते झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप

 

झापा, मंसीर ४ गते । झापामा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पेनसिप हुने भएको छ । 

बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते  प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पेनसिप आयोजना गरिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुने र  प्रतियोगिताका ओभरल च्याम्पेनसिपले तीन लाख रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै फष्ट र सेकेण्ड रनरपले दुई लाख र एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए । 

खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले जानकारी दिनुभयो ।  

महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने पत्रकार सम्मेलनमा जनाकारी दिइयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.