Websoft University

युवा साथीहरु र अग्रज नेताहरुको सल्लाहमै क्षेत्रीय सचिवमा मेरो उम्मेद्वारी :श्रेष्ठ

 


सुन्दरहरैंचा । रातो तारा डट कम,यतिबेला राजनीतिक दलहरुलाई अधिवेशनको धपेडिले छपक्कै छोपेको छ । सबैभन्दा ठूलो दल नेकपा एमाले, दोश्रो ठूलो दल नेपाली कांग्रेस, तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादी अर्को परम्परागत राजनीतिक दल राप्रपा लगायतका दलहरु यतिबेला आन्तरिक लोकतन्त्रको अभ्यासमा छन् । नेकपा एमालेको मंसिर १० देखि १२ गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ भने नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन अघि दलहरुले वडा, पालिका, क्षेत्र, जिल्लाको अधिवेशन गरिरहेका छन् । यसै मेसोमा नेपाली कांग्रेसले पनि यतिबेला पालिका अधिवेशन पश्चात प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गरिरहेको छ भने ८ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । 

यसैबीच यसअघि भएका दलका वडा तथा पालिका अधिवेशनमा धेरै ठाउँमा युवा उम्मेदवारहरु निर्वाचित भइरहँदा अबका बाँकी अधिवेशनहरुमा समेत युवा उम्मेदवारको चर्चा हुने गरेको छ । सोही अनुशार नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को सचिव पदमा युवा व्यक्तित्व शैलेन्द्र श्रेष्ठको उम्मेद्वारी घोषणा भएसँगै युवाहरु अघि बढ्नुपर्छ भन्ने आवाज अझ जोडदार रुपमा सुनिन थालेका छन् । पार्टीको काममा खटिनु पर्दा युवाहरुलाई अघि सारेपनि कुनै नेतृत्व गर्नुपर्ने बेलामा सँधै पछाडी पार्ने गरिएको भन्दै श्रेष्ठ आफु युवा भएपनि क्षेत्रीय सचिव पदका लागि सक्षम भएकाले उम्मेदवारी घोषणा गरेको बताउँछन् । आफुले पार्टीका सम्पूर्ण युवा साथीहरु तथा पुराना अग्रज नेताहरुको सल्लाह बमोजिम नै क्षेत्र नम्बर ६ मा पार्टीको नेतृत्व तहमा रहेर काम गर्ने योजना अनुशार उम्मेदवारी घोषणा गरेको उनले बताए । 

सुन्दरहरैंचा वडा नम्बर ४ मा पार्टीका पूर्व सभापति तथा हाल सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका श्रेष्ठ सुन्दरहरैंचाका विकासप्रेमि जनप्रतिनिधिको रुपमा चिनिन्छन् । विभिन्न पक्षसँग पहल गरि वडाको विकासमा योजनाहरु पार्ने गरेका कारण पनि तुलनात्मकरुपमा सुन्दरहरैंचा ४ विकासको पक्षामा निकै अघि छ । जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि एक सफल जनप्रतिनिधिको पहिचान बनाएका कारण पनि यसपटक पार्टीका नेता कार्यकर्ताहरुको समेत माया र विश्वास पाउनेमा श्रेष्ठ ढुक्क देखिन्छन् । आफु जनताले पत्याएरै जनप्रतिनिधिको रुपमा निर्वाचित भएको र जनप्रतिनिधि भइरहँदा गर्व गर्न लायक काम गरेकाले समेत अब पार्टीको संगठन सुधार र विकासमा योगदान दिने उद्देश्यका साथ अघि बढेको उनको भनाइ छ । 

विद्यार्थी संगठनबाट नेपाली कांग्रेसको राजनीतिमा उदाएका श्रेष्ठ सविक दुलारी गाविसको नेपाल विद्यार्थी संघको सभापति भएका थिए भने तरुण दलको क्षेत्रीय कोषाध्यक्ष पनि भइसकेका छन् । यसैगरि पछिल्लो पटक सुन्दरहरैंचा ४ को वडा सभापति भएका श्रेष्ठ सुन्दरहरैंचा ४ मा वडाध्यक्ष समेत निर्वाचित भए । अन्य दलको समेत राम्रै उपस्थिति रहेको यस वडामा उनले निकै फराकिलो अन्तरले निर्वाचन जितेका थिए भने यतिबेला यस वडालाई सुन्दरहरैंचामै कांग्रेसको बलियो वडाको रुपमा हेर्ने गरिन्छ । यसमा विभिन्न पक्षको सहयोग तथा साथ रहेपनि श्रेष्ठको नेतृत्वमा भएका विकासका काम र योजनाहरुको प्रतिफल स्वरुप नै यस वडामा पार्टीको उपस्थिति निकै बलियो बन्दै गएको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् । आगामि स्थानीय तहको निर्वाचनको जोड घटाउ गरिरहँदा अन्य दलका नेता कार्यकर्ताले समेत सुन्दरहरैंचा ४ लाई गणना नगरी कांग्रेसले जितिहाल्छ भन्ने गरेका छन् ।, जसको जस श्रेष्ठलाई नै जान्छ । सुन्दरहरैंचा ४ कै एक एमाले कार्यकर्ता भन्छन्, “सुन्दरहरैंचा ४ हामीले माया मारिसकेका छौं, सुन्दरहरैंचाका अरु सबै वडा जितौंला तर ४ नम्बरमा गाह्रो छ ।” यसरी श्रेष्ठले जनप्रतिनिधि भइरहँदा वडाको विकासका गरेका कामका कारण नै यस वडामा पार्टीको अवस्था निकै राम्रो बनेको भन्दै अब क्षेत्र नम्बर ६ मा समेत श्रेष्ठको आवश्यकता देखिएको कांग्रेस कार्यकर्ताहरुको भनाइ छ । यसअघि पाएको अवसरलाई सहि सदुपयोग गर्दै काम गर्न सक्षम रहेको पुष्टि गरेको तथा  जोश जाँगरले भरिएको युवा व्यक्तित्व भएका कारण पनि श्रेष्ठ नेपाली कांग्रेस क्षेत्र नम्बर ६ मोरङ सचिव पदमा निर्वाचित हुन जरुरी रहेको कार्यकर्ताहरु बताउँछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.