Websoft University

ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको खोप दैनिक लगाउन सुरू

 


काठमाण्डौ मंसिर ७ गते । रातो तारा डट कम, ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको खोप शनिवार बाहेक दैनिक रूपमा लगाउन सुरू गरेको छ । कोभिशिल्ड र भेरोसेल खोप शनिवार बाहेक अन्य सबै दिन दिन सुरु गरेको छ । आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छबहालमा खोप लगाउने व्यवस्था गरिएको महानगरले जनाएको छ । नागरिकको सहजताको लागि महानगरले साताको ६ दिन खोप कार्यक्रम सञ्चालन गरेको हो । ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो । महानगरले यस अघि उमेर, व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरेको थियो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.