Websoft University

प्रदेश १ मा ४५ जनामा कोरोना संक्रमण

विराटनगर, ६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण भएको छ । ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको भद्रपुरमा ४, दमक र विर्तामोडमा ३–३, बुद्धशान्ति र शिवसताक्षीमा २–२, कनकाई र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ७, सुनबर्षी र सुन्दरहरैचामा २–२, रतुवामाई र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धरानमा २–२, इलामको सन्दकपुरमा ३, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.