Websoft University

बजार अनुगमनका क्रममा अनुगमन टोलीमाथि एक व्यपारीले गरे दुर्व्यवहार!

 


मोरङ असोज  १५गते । रातो तारा डट कम, । मोरङको सुन्दरहरैंचामा बजार अनुगमनका क्रममा अनुगमन टोलीमाथि स्थानीय एक व्यापारीले दुव्र्यवहार गरेका छन् ।सुन्दरहरैंचा ७ स्थित गोठागाउँमा रहेको विनोद किराना पसलमा अनुगमन गर्ने क्रममा पसलका सञ्चाल अनुरोध साहले अनुगमन टोलीमा रहेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका हुन् ।


अनुगमन टोलीले सो पसलबाट किरा परेको चामल, मिति सकिएको विस्कुट, धनिया मसला लगायतका समान जफत गर्ने क्रममा उनले अनुमगन टोलीसँग वादविवाद गरेका थिए। सञ्चारकर्मी शिव भट्टराई भोजपुरेले बादविवाद गर्दै गरेको दृश्य कैद गर्दा किन मेरो भिडियो खिचेको भन्दै पसलका सञ्चालक अनुरोध साहले भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेका थिए ।

भट्टराईलाई धकेल्नुका साथै क्यामेर खोस्ने प्रयास गरेको दृश्य कैद गरिरहेका मकालु टेलिाभिजनका पत्रकार रेवती निरौलालाई समेत साहुले भिडियो डिलिट गर्न दवाव दिएका थिए । आफुलाई समाजसेवी बताउने नेपाली कांग्रेसका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि समेत रहेका साहले समाचारमा आफ्नो भिडियो नदेखाउन सञ्चारकर्मीहरुलाई चेतावनी समेत दिएका छन् । यता अनुगमन टोलीका संयोजक सुन्दरहरैंचा नगरपालिकाका अनुगमन समिति सदस्य  जीवनकुमार चापागाईंले सामाजिक राजनीतिक रुपमा अगुवा व्यक्तिले अनुमगन टोलीलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गर्नु विडम्बनापूर्ण भएको बताउनुभयो । अनुरोध साह बाहेक अनुगमन गरिएका अन्य पसलका सञ्चालकहरुले भने अनुगमन टोलीलाई खुलेर सहयोग गरेका थिए । सुन्दरहरैंचा ७ कै अनिल किराना पसल तथा सुन्दरहरैंचा २ को जय माँ दुर्गा किराना पसलका सञ्चालक सोनी कुमारी झा लगायतले भने अनुगमनमा पूर्ण सहयोग गर्दै यस्ता अनुगमनले अफुहरुलाई पनि सचेत गराउने प्रतिकृया दिएका छन् ।

यसैबीच पत्रकार महासंघ मोरङले विज्ञप्ती जारी गर्दै बजार अनुगमनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेको छ । महासंघ सचिव नेत्र पी अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार संकलनका लागि बोलाएर पुगेका सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नु, क्यामेर खोस्ने प्रयास गर्नु तथा भिडियो डिलिट गर्न दबाब दिनु निन्दनिय कार्य भएको उल्लेख गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.