Websoft University

उद्योग संगठन मोरङद्धारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना


विराटनगर २०७८ असोज १५ गते, । रातो तारा डट कम, स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन आज देखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको छ ।   

कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताउदै उद्योग संगठन मोरङले नया उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन सबैमा आग्रह गरे । 

उनले चार दिने वुट क्याम्प मार्फत प्रदान गरिने ज्ञान र शिपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नया सम्भावना र आयामहरुको वारेमा दक्ष्ँता अभिवृद्धि गरीने वताउदै कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरि स्टार्टअपहरुको सम्वन्धमा जानकारी दिईने वताए । 

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चार दिने वुट क्याम्पका श्रोत व्यक्ति निरज खनालले उनले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफनो व्यवसायको भावि लक्ष्य निर्धारण गर्न अनुरोध गर्दै तालिम अवधिमा सहभागिहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न वजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थाप र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरि विजनेश मोडल क्यान्भास तयार गर्ने वताए । 

कार्यक्रमको फोकल पर्सन प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका चौविस स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको वताउदै वुट क्याम्पले छनौट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन सहयोग पु¥याउने वताईन । 

कार्यक्रममा स्र्टाटअप एण्ड इनोभेशन समितिका सदस्यहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, परामर्शदाताहरुका साथै प्रदेश नं. १ को विभिन्न जिल्लाबाट छनौट भएका स्टार्टअपमा आवद्ध उद्यमीहरुको सहभागिता रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.