Websoft University

माछीले चलायो पानी’मा दीलिप र गरिमाको रोमान्स

काठमाडौँ । रातो तारा डट कम, लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित  सार्वजनिक भएको छ । बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन् ।

गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ । प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ । जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा, रोमान्टिक अवतारमा उतारिएको छ । 

प्रेमीका भेट्न हिडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ । आलोक श्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ । 

गुञ्जन इन्टटेनमेष्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन् । भिडियो संगीतकार आलोक श्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ । गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोक श्रीले बताए । 

  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.