Websoft University

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा– विपक्षी दलले राउतको मागे राजीनामा

 


काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम, प्रदेश २ मा विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले सीआइएनसँग कुरा गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने बताउनुभयो । अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो । अख्तियारले छापा मारेको विषयलाई मुख्यमन्त्री राउतले आपत्ति जनाएका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.