Websoft University

टी–ट्वान्टी क्रिकेटका आज दुई खेल हुने


 काठमाण्डौ असोज १६ गते । रातो तारा डट कम,चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ । 

भैरहवा र काठमाडौंबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ भने सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । भैरहवा ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने काठमाडौं २ खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

 यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । विराटनगर पहिलो जित निकाल्न चाहन्छ । 

करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.