Websoft University

सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जताततै जनतामा आक्रोस


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम, सरकार विस्तार भएको ८० दिन बितिसक्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको भन्दै सत्ता गठबन्धनभित्रैबाट असन्तुष्टि सुनिन थालेको छ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले हिजै मन्त्रीमण्डल विस्तार गर्ने र सपथ समेत हुने बताउनुभएको थियो । सीआईएनसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले आफूहरूको तर्फबाट मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नभएको बताउनुभयो । उहाँका अनुसार भरेभोलिमै मन्त्रिपरिषद् बिस्तारको बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.