Websoft University

प्रतिनिधि सभाको बैठक आज एमालेको अबरोध कायमै रहने

 


काठमाण्डौ असोज १९ गते । रातो तारा डट कम, प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तर आजको बैठक पनि अवरोध गर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ । गत भदौ २३ गतेदेखि सुरु भएको संसद्को नवौँ अधिवेशनमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको सूची सार्वजनिक नगरेर एमाले विभाजनमा सभामुखले संलग्नता देखाएको आरोप लगाउँदै एमालेले सदनमा अवरोध गर्दै आएको हो । सरकार विपक्षीलाई पेलेरै अघि बढ्ने स्थितीमा देखिएको छ भने विपक्षी दल आफ्नो मागको सुनुवाइ नभएसम्म बैठक चल्न नदिने अडानमा छ । एमालेको अवरोधकैबीच बजेट समेत पास भइसकेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.