Websoft University

नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम, साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम आज  बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९ः१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छ  । मालेमा गएको शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट वञ्चित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.