Websoft University

तातोपानीमा कार्तिक र चैत्र महिनाभर स्नान मेला लाग्ने

 


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी धारामा आजदेखि एकमहिने स्नानमेला सुरु भएको छ । प्राकृतिक रुपमा ४४ डिग्री सेन्टिग्रेड तापक्रमको पानी यहाँ हुने गरेको छ । तातोपानी धाराको पानीमा गन्धक नामक लवण मिसिएका हुनाले छाला सम्बन्धी रोगहरु निको हुने विश्वास नागरिकमा छ । 

त्रेतायुगमा श्रृंगी ऋषि तपस्याका लागि कैलाश पर्वत जाने क्रममा कार्तिक शुक्ल पुर्णिमाका दिन त्रिशुलले भित्तामा खोपेर तातोपानी उत्पन्न गरी स्नान गरेको हिन्दुधर्म शास्त्रको हिमवत् खण्डमा उल्लेख छ । हिमालय पर्वतमा तपस्या गरिरहेकै बेला अयोध्यामा भगवान रामचन्द्रको जन्म भएको खबर पाउनसाथ यसै बाटो भएर फर्किने बेला ऋषिले पुनः चैत्रशुक्ला नवमीका दिन  यसै धारामा स्नान गरेकाले प्रत्येक वर्षको कार्तिक र चैत्र महिनाभर स्नान मेला लाग्ने परम्परा बसालेको किम्बदन्ती पाईन्छ । 

काठमाडौबाट १ सय ११ किलोमिटरको दुरीमा रहेको तातोपानीधारामा महिला तथा पुरुषलाई सामूहिक रुपमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.