Websoft University

ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक युवा पक्राउ


श्याम राई÷उदयपुर  गाईघाट, ३१ असोज । रातो तारा डट कम, ट्राफिक प्रहरीलाई घुस दिन खोजेको आरोपमा एक युवा पक्राउ परेकाछन् ।

मादक पदार्थ सेवनगरि सवारी चालक अनुमती पत्र वेगर तिन जना राखी प्रदेश–१–०२–०४२ प ८४२४ नम्बरको स्कुटी चालक बेलका नगरपालिका–५ का प्रेम कुमार राईलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । 

मदन भण्डारी राजमार्ग अन्तर्गत बेलका नपा–५ घुम्ने भन्ने स्थानमा ट्राफिक प्रहरीको चेक जाचको क्रममा शुक्रबार दिउसो राईले ५ सय ट्राफिक प्रहरीलाई घुस दिन खोजेका थिए ।


गाइघाट, ३१ असोज

मादक पदार्थ सेवनगरि आफनै आमा सहित तिन जनालाई खुकुरी प्रहार गरि फरार एक युवा अझै पक्राऊ परेकाछैनन् ।

चौढण्डीगढी नगरपालिका–१० खैराहझोडाका २५ वर्षिय मनी कुमार राईले शुक्रबार राती आमा, दिदी गिता पाण्डे (राई ) र भिनाजु राजकुमार पाण्डेलाई खुकुरी प्रहार गरि घाइृते बनाएका थिए । पारिवारीक भेलामा रहेको बेला उनले मादक पदार्थ सेवन गरेकोले घटना भएको खुल्न आएको छ । घटना लगतै ईलाका प्रहरी कार्यालय बेलटारबाट सुरक्षाकर्मी आएपछि राई जंगलतर्फ भागेका थिए ।

घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राई विरुद्ध अहिले सम्म लिखित रुपमा प्रहरीमा जाहेरी नपरेपनि प्रहरीले उनको व्यापक रुपमा खोजी जारी राखेको छ । घाईते तिनै जना बेलटारस्थीत स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.