Websoft University

प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण

 

विराटनगर, ३१ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । ९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा ७, उदयपुरमा ५ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३५, बेलबारीमा ६, सुन्दरहरैचामा ४, रतुवामाई र कानेपोखरीमा ३–३, रंगेलीमा २, बुढीगंगा र पथरीशनिश्चरेमा १–१, झापाको दमकमा ६, गौरादहमा ४, भद्रपुरमा ३, शिवसताक्षीमा २, मेचीनगर, हल्दिबारी, कमल र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १२, गढी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा २–२, सन्दकपुरमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको    छ । 

प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३५ महिला र ७१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.