Websoft University

चर्चित शक्तिपिठ सिद्धकाली मन्दिरमा फूलपाती बढाई


मोहन कुमार राई-असोज २६ गते । रातो तारा डट कम, संखुवासभाको, चैनपुर नगरपालिका स्तिथ पूर्वकै चर्चित शक्तिपिठ सिद्धकाली मन्दिरमा बडादशैको फूलपातीको अवसरमा विधिपूर्व पूजापठसहित बढाइ भएको छ  ।


चिताएको मनोकांक्ष सिद्ध हुने विश्वास रहेको बडादशै फुलपातिको अवसरमा पूजापाठ गरी सुरक्षा निकायको एक टोलीले बडाई एवं सलामी अर्पन गरेको थियो । स्वस्थानी वर्तकथा उल्लेख गरिएको चन्द्रपुर त्यही स्थान सिद्धकाली मन्दिर यही स्थानमा सत्यदेवीको दाहिने आँखा पतन भएका स्थान हो ।

मन्दिरमा बढादशैको घटस्थापनादेखि नै दैनिक दर्शनार्थीको भिडभाड लाग्ने यस मन्दिरमा धेरै टाढा–टाढादेखि भक्तनहरुको  घुइचो लाग्ने गरेको मन्दिर सरक्षण समितिको सचिव पदम बहादुर अधिकारीले वताउनुभयो । 

सडक सञ्जालमा जोडिए सँगै आन्तरीक र वाहिय  भक्तजनहरुको भिडभाड लाग्ने गर्दछ । आजैको दिन विहानै चोखोनितो गरी पुरानो चैनपुरबाट वेलपत्र, उखु, फूल लगायतको पूजा समग्री ल्याएर सिद्धकाली देवीको मन्दिरमा पूजापाठ गरी बढादशै फूलपाती शुरुवात हुने मन्दिरका पुजारी टंकनाथ महन्तले वताउनुभयो । आजैको दिन विभिन्न स्थानबाट आफ्नो भाकल पुरा हुने विश्वासको साथ  वोका, हास, परेवाको देवीलाई वली दिने गरिन्छ । आफ्नो मनोकांक्ष पुरा भएको विश्वसका साथ देवीको दर्शन गर्न सुनसरीबाट आइपुग्नु भएको भोजनलाल चौधरीले वताउनुभयो । यसैगरी झापादेखि दर्शनको लागि आइपुग्नु भएका सुमना बोहरले आफ्नो मनोकांक्षा पुरा भएकोले सिद्धकाली देवीको दर्शन गर्न आइपुगकी वताउनुभयो । 

दशैतिहार नजिए सँगै मन्दिरमा पुनरनिमार्णले थप आर्कण वढेको छ । स्थानीय कृणगोपालको एकल लगानीमा मन्दिरको छानो १ सय ६४ क्युविक फिट काठ र १ हजार ५४ केजी पितलबाट मन्दिरको छानो निमार्ण सम्पन्न भएको छ । यस अघि ४१ ला ६० हजार खचेर मन्दिर परिसरमा ढुंगा विछ्याउने काम सम्पन्न स्थानी वुद्धिजीवी लवकुमार श्रेष्ठले वताउनुभयो । सिद्धकाली देवीको दर्शनले चिताएको मनोकांक्ष पुराहुने विश्वास सँगै मन्दिरको आकर्षण वढेपछि अहिले धार्मीक तथा साँस्कृतिक पर्यटकिए स्थल बन्दै गएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.