Websoft University

सुन्दरदुलारी उधोग बाणिज्य संघद्वारा रक्तदान कार्यक्रम!


 शिव भट्टराई,मोरङ असोज  २६ गते । रातो तारा डट कम, सुन्दरदुलारी उधोग बाणिज्य संघद्वारा आयोजित रक्तदान कार्यक्रम सुन्दरहरैंचा नगरपालिका वडा ३ गछियामा सम्पन्न भएको छ । ३० प्रिण्ट रगत संकलन गरि उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दरदुलारी उधोग बाणिज्य सघंका महासचिब तथा सोहि वडाका अध्यक्ष जीवन प्रसाद डुंगानाको अगुवाइमा तथा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा बोल्दै आयोजक सो वडाका अध्यक्ष जीवन प्रसाद डुंगानाले रक्तदान जिबनदान, रक्तदान अमृत समान भन्ने मुल मत्रंलाइ आत्मसाथ अघि बढ्नुपर्ने र हाम्रो एक पोइण्ट रगतले कसैको जिबन बच्न सक्ने भएकोले यस्ता महान पुण्य कार्यमा सहभागी जनाउनु पर्नेमा समेत जोड दिए ।

त्यसैगरी रक्तदान गर्न आएकी प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले रगत अभाव भइरहेका कारण कसैले अकालमा ज्यान गुमान नपरोस भन्दै उधोग बाणिज्य संघले गरेको कार्यप्रति प्रंशसा समेत गरिन।

त्यस्तै स्वास्थ्य चौकी दुलारीका स्वास्थ्य केन्द्र प्रमुख बाबुराम आचार्यले रगत दिदै संवेदनशील घडीमा रगत अभाब भइरहदा यस किसिमको मानवीय कार्यमा सबैको साथ रहनुपर्ने जोड दिए। उक्त कार्यक्रममा बिभिन्न संघ संस्था, समाजसेवी, स्थानीय सरोकारबलाको सहयोग रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.