Websoft University

कपिलबस्तु-हराएको बच्चा फेला पारी अभिभावकलाई जिम्मा लगाइयो

 


बिराटनगर असोज  २६ गते । रातो तारा डट कम, कपिलबस्तु  २०७७।११।२९ गते देखी हरायको जिल्ला कपिलबस्तु,कपिलबस्तु नगर पालिका वडा नं।३ निवासी राम बिक्रमतेलिको छोरा वर्ष १४ को काशीराम तेलि घर देखी हराएकोले हुलिया सहितको निवेदन यस कार्यालयमा दिएको

हुँदा प्रहरी द्धारा खोज तलास अनुसन्धानको क्रममा निज बालक भारतको मुम्बई डोगरी स्थित बालगृहमा रहेको भन्ने नेपाली दर्पन नामक अनलाईन पत्रिकामा प्रकाशन भएको जानकारी पाई सुंयक्त नेपाली महासंघ मुम्बई सस्था संग समन्य गरी आज मिति २०७८।०६।२६ गते उक्त सास्थाका महासचिप

पुरन कुवँरले मुम्बई देखी ल्याई यस जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा बुझाएको हुँदा निज हरायको बालक काशिराम तेलीलाई कपिलबस्तु न।पा।वडा नं।३ का वडा अध्यक्ष प्रकाश गैर,ऐ ऐ न।पा।वडा न।२ का साथी स्थाको संयोजक विमला घिमिरे,ऐ ऐ न।पा।वडा नं।३ बस्ने त्रिवेणि यादबको रोहबरमा बुबा विक्रम तेली र आमा जोखनी तेलीलाई जिम्मा लगाई पठाईएको ।

साथै सुंयक्त नेपाली महासंघ मुम्बई सस्थाको महासचिप पुरन कुवरलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीज्यूले धन्यावाद प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.